पोखरामा २३ वर्ष पछि बाघजात्रा देखाइने

पोखरा ।
पोखरामा २३ वर्षपछि १८ गते सोमबारदेखि २० गते बुधबारसम्म बाघ जात्रा देखाइँदै छ । लोपोन्मुख अवस्थामा रहेको जात्राको उजागर गर्न र युवापुस्तालाई पुस्तान्तरण गर्ने उद्देश्यले जात्रा गर्न लागिएको आयोजक समिति संयोजक जवाहरलाल श्रेष्ठले बताए । अन्तिम पटक २०५७ मोहरिया टोलले नचाइए पछि निरन्तरता दिन नसकिएको र यस वर्ष देखि पुनः निरन्तरता दिइने उनको भनाइ छ ।
‘मौलिक जात्राको रुपमा रहेको बाघजात्रा नेवार समुदायको मात्र नभएर सम्पूर्ण पोखरेलीकै जात्रा हो यसले सबै जातजातिलाई एक सुत्रमा बाध्न सहयोग पुग्नेछ,’ श्रेष्ठले भने ।
सय वर्ष भन्दा अघिदेखि शुरु गरिएको जात्रा पोखरामा पहिलो पटक २००६ मा प्रदर्शन गरिएको समितिका सचिव सुनिल उलकले बताए । यो जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । गाउँ गाउँमा बाघले धेरै दुःख दिएपछि राजालाई यसबारे जानकारी दिइएको र राजाले सेनासहित आएर बाघ मारेको भनाइ छ । बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा जात्रा बनाइएको हो । अहिले यो नेपाली खासगरी नेवारी समुदायको मौलिक र महत्वपूर्ण जात्राको रुपमा स्थापित भएको उलकले बताए ।
जात्रामा सय जनासम्म जनशक्ति आवश्यक पर्ने समिति सदस्य शान्ति श्रेष्ठ उदासले जानकारी दिइन् । जात्रामा राजारानी, मन्त्री, घोडासहित सेना, कुमारी, लाखे, बाँसुरी धुन र जनता पात्रका रुपमा समावेश हुने उनले बताइन् ।









गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया