किसान महासंघ पोखरामा झलक

पोखरा ।
अखिल नेपाल किसान महासंघ पोखरा महानगर कमिटीको प्रथम नगर अधिवेशन बुधबार भएको छ । अधिवेशनले अध्यक्ष झलकप्रसाद बरालको नेतृत्वमा सर्वसम्मत रुपमा १९ सदस्यीय महानगर कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा लक्ष्मी सुवेदी र देवीमाया बराल, सचिव मोहन केसी, सहसचिव गोमा तिमिल्सिना र कोषाध्यक्षमा हर्कबहादुर नेपाली छन् । कमिटीको सदस्यमा गंगा कोइराला, शारदा देवकोटा, कुमार सापकोटा, रमन बस्नेत, शारदा अधिकारी (बराल), भरतराज आचार्य, ईश्वरीप्रसाद शर्मा, सरस्वति सिलवाल, सावितबहादुर अधिकारी, ध्रुवराज आचार्य, त्रिलोचन सापकोटा, डम्बरबहादुर थापा पौडेल र सिता बराल छन् ।
कार्यक्रममा एमाले स्थायी समिति सदस्य थममाया थापाले पछिल्लो समयमा पशु चौपायामा लागेको लम्पी स्किन रोग लगायतका किसानका मुद्दामा किसान महासंघले राम्रो काम गरेको बताइन् । किसान महासंघका केन्द्रीय सदस्य चूडामणि बरालले लम्पी स्किन रोगको कारण पशु चौपाया मरेर मारमा परेका किसानलाई सरकारले राहत क्षतिपूर्ति र पुनःस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर्नुपर्ने माग गरे ।
किसान महासंघ गण्डकी अध्यक्ष गोवद्र्धन गौलीले लम्पी स्कीन रोगलाई महामारीको घोषणा गरी दु्रत गतिमा उपचार गरी रोगको नियन्त्रण गर्ने लगायतका मागलाई समेटेर गण्डकीका स्थानीय तहमा ३३ बुँदे ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले लम्पी स्कीन रोगको दु्रत गतिमा उपचार गरी रोगको नियन्त्रण गर्ने लगायतका मागलाई समेटेर गण्डकी प्रदेश सरकारलाई समेत ज्ञापनपत्र बुझाएको सुनाए ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी, पार्टीका पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने, अखिल नेपाल किसान महासंघ जिल्ला किसान महासंघ कास्की अध्यक्ष देवेन्द्रराज शर्मा, सचिव सन्तोष भण्डारी र सहसचिव खेमराज बरालले किसानका समस्याबारे बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया