फेन्सिङ संघमा विजय

समाधान संवाददाता २०७६ जेठ ३० गते १४:२९

समाधान संवाददाता, पोखरा

कास्की जिल्ला फेन्सिङ संघको मंगलबार भएको दोस्रो साधारण सभा तथा अधिवेशनले विजय शाहीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संघको उपाध्यक्षमा छवि गुरुङ, सचिवमा सन्दीप बराल, कोषाध्यक्षमा विसान कार्की र सदस्यहरुमा नवीन सुवेदी, शशिविक्रम पालिखे र विष्णुमाया गुरुङ सर्व सम्मत चयन भएका छन् ।

Advertisement

नेपाल फेन्सिङ संघकी केन्द्रीय सदस्य रेखमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विजय शाहीले फेन्सिङ खेलको सम्भावना प्रचुर भएता पनि प्रचार र विगतमा संघले गरिलिन नसक्दा ओझेलमा परेको बताउँदै आफूले संघलाई गतिशीलता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संघको बुधबार बसेको कार्यसमितिको पहिलो बैठकले संघको सल्लाहकारमा मधुसूदन सुवेदी, भीमसेन थापा, कृष्ण रानाभाट, विनोद नेपाली र कानुनी सल्लाहकारमा दामोदर अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको सचिव संदिप बरालले बताए ।

Advertisement

असार ६ गते कामाडांैमा हुने फेन्सिङ संघ नेपालको केन्द्रीय अधिवेशनमा मताधिकारसहितको अधिकार प्रदान गर्दै संघका नवनिर्वाचित अध्यक्ष विजय शाहीलाई प्रतिनिधि पठाउने निर्णय गरिएको पनि सचिव बरालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया