टेकनाथः धेरै क्षेत्रका नमुना व्यक्तित्व

पोखरा ।
भदौ १२ गते दिउँसोदेखि टेकनाथ बराल भौतिक रुपमा रहेनन् । नेपाली कम्युनिस्ट आन्दोलन, मानवअधिकारको आन्दोलन र समाज परिवर्तनका अभियन्ता बराललाई उनका आफन्त, शुभेच्छुकले विभिन्न तवरले स्मरण गरिरहेका छन् ।
शनिबार उनी संस्थापक अध्यक्ष रहेको राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले श्रद्धाञ्जलीसभासहित उनको योगदानबारे परिचर्चा आयोजना ग¥यो । कार्यक्रममा वाम बुद्धिजीवी रामराज रेग्मीले उनलाई राष्ट्रिय सम्पदा, स्वाभीमान र कम्युनिस्ट आन्दोलनका अगुवाको रुपमा स्मरण गरे ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बराल वनारसको अध्ययन समयदेखि नै कम्युनिस्ट आन्दोलन र मानवअधिकारको पक्षमा लागेको जनाए । उनले भने, ‘उहाँका योगदानका क्षेत्र अनेक छन्, उहाँ बहुआयामिक व्यक्तित्व हुनहुन्थ्यो ।’ मानवअधिकारकर्मी वसुन्धरा ढकालले विभिन्न खालका आन्दोलनमा युवा, महिलालाई सहभागी गराउन र उत्प्रेरणा जगाउन बरालको उल्लेख्य भूमिका रहेको स्मरण गरिन् ।
संस्थाका अध्यक्ष सुनिल पाण्डेले देशका सम्पदाको संरक्षण र मानवअधिकारको रक्षाका लागि डटेर लाग्नु नै बरालप्रति सच्चा श्रद्धाञ्जली हुने जनाए । उनले भने, ‘सम्पदाको संरक्षण, विभिन्न चरणमा हुने नागरिक आन्दोलन, मानवअधिकारका आन्दोलनमा उहाँ सबैभन्दा अघि हुनुहुन्थ्यो । उहाँको विचार र दर्शनको अनुशरण नै उहाँप्रति सही श्रद्धाञ्जली ठहर्छ ।’
टेकनाथको परिवारले उनकै इच्छा बमोजिम अन्तिम संस्कार गरेको छ । संस्कृतिक रुपान्तरणका अभियन्ता टेकनाथको अन्तिम संस्कारमा परिवारका सदस्य श्रद्धाञ्जलीसभा र भेटघाटमा सहभागी छन् ।
बरालको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । बरालका श्रीमती हरिकला, छोरा विद्याविमल, छोरीहरु शोभा, प्रभा, पिंगला र नातिनातिना छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालसँग लामो समय काम गरेका बराल २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको तर्फबाट गण्डकी क्षेत्रका कमान्डर थिए । पछिल्लो समय कुनै कम्युनिस्ट दलमा आवद्ध नभए पनि उनी कम्युनिस्ट आचरण, सिद्धान्त र रुपान्तरणको वकालत गर्थे ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया