तमु साँस्कृतिक प्रतिष्ठानको सभा

पोखरा ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २१ औं वार्षिक साधारण सभा शनिबार भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार तेज च्हाक्ली तमुले संस्थाको काम प्रशासनिक रूपमा सुस्त, चुस्त, दुरुस्त तरिकाले सार्वजनिक हुनुपर्नेमा जोड दिए ।
समुदायलाई हरेक क्षेत्रमा पहुँच पुर्याउन र विकास गर्न शिक्षा, सञ्चार र साहित्यमा अग्रसर हुनुपर्ने गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमुले बताइन् ।
कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिका अध्यक्ष सुदीप तमु, तमु धीं नेपाल महिला समितिका अध्यक्ष पवित्रा तमु, प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमु, सहसचिव भेषराज तमु लगायतले बोलेका थिए ।
कार्यक्रममा आजीवन सदस्य मनकुमारी तमुले बुवा केशबहादुर तमु र आमा वीरमायको स्मृतिमा एक विद्यार्थी छात्रवृत्ति बराबरको रकम १ लाख २५ हजारको अक्षयकोष स्थापना गरिन् । तमु समाज बेल्जियमका निवर्तमान अध्यक्ष ओमराज तमु र टीकादेवीले बुवा यमबहादुर र स्व. आमा मनकाउरीको स्मृतिमा अक्षयकोष रकम१ लाख २५ हजार प्रतिष्ठानलाई प्रदान गरे ।
सभाले सचिव कञ्चन तमुले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर तमुको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रमले नव नियुक्त विद्यार्थी समिति अध्यक्ष सुदीप तमुलाई मुल समितिको पदेन सदस्यमा मनोनित गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया