लेखनाथ सामुदायिक सहकारीमा नयाँ नेतृत्व

लेखनाथ ।
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको शनिबार भएको अधिवेशनले उपाध्यक्षमा कृष्णप्रसाद तिवारी र लक्ष्मी बाँस्तोला, सचिव शिवप्रसाद न्यौपाने, कोषाध्यक्ष रामप्रसाद तिवारीलाई चुनेको छ ।
सञ्चालक समिति सदस्यमा निर्मला पौडेल, देवबहादुर सुनार र पूर्णिमा खनाल छन् भने समितिको लेखा समिति संयोजकमा केदारनाथ लामिछाने र सदस्यमा गोमा लामिछाने र माधवप्रसाद तिवारी छन् । सभामा सहकारीका संस्थापक अध्यक्ष हुमनाथ बास्तोलाले वर्तमान अवस्थामा सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराउँदै सहकारीले मितव्ययिताको सिद्धान्तलाई आत्मसात गर्नुपर्ने बताए ।
कार्यक्रममा सहकारीसँग आवद्ध सेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ उत्तीर्ण ६ जना, संस्थाका कार्यकारी निर्देशक शंकरप्रसाद पौडेल, उत्कृष्ट कर्मचारी कृष्ण कुवँर, पिएचडी गर्ने सेयर सदस्य विष्णुप्रसाद तिमिल्सेना र डाक्टर गणेश न्यौपानेलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हिमालय ओझा, कोषाध्यक्ष शिवप्रसाद न्यौपाने, सचिव कृष्णप्रसाद तिवारी, कार्यकारी प्रमुख शंकरप्रसाद पौडेल लगायतले बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया