७२ युनिट रगत संकलन

पोखरा ।
लायन्स क्लब अफ अञ्जुली र लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समूहद्वारा आयोजित रक्तदानमा ७२ युनिट रगत संकलन भएको छ । रक्तदान अभियन्ता सराङकोट बहुउद्देश्यीय सहकारी अध्यक्ष कृष्णबहादुर थापाले रक्तदान सुरुआत गरेका थिए ।
उनले आफूले २०५५ सालदेखि निरन्तर रक्तदान गर्दै आएको स्मरण गर्दै रक्तदानले आत्मसन्तुष्टिसँगै खुसी दिएको सुनाए । कार्यक्रमका रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले प्रत्येक ३ महिनामा गरिने रत्तदानले शरीर स्वस्थ बन्ने जनाए । रगतको विकल्प रगतमात्र भएकाले रत्तदान सबैभन्दा पुण्यको कार्य भएको उनको भनाइ छ ।
पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा अन्जुली अध्यक्ष मीना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ग्लोबल लिडर प्रमुख अमृत शोभा खत्री, डिस्ट्रिक ब्लड कार्यक्रम प्रमुख सन्तोष श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष भावना थापा, सान्त्वना पराजुली, लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समूहका अध्यक्ष कल्पना बास्तोला, सल्लाहकार विश्वमोहन गौचन, उपाध्यक्ष भगवती गुरुङ, सामुदायिक सेवा केन्द्र जिल्लाका उपाध्यक्ष विष्णु सुवेदी, उपाध्यक्ष साधना थापा लगायतले रत्तदानको बोेलेका थिए ।
तपाईको प्रतिक्रिया