पाेखरा महानगरले हटायो बसपार्कका ग्यारेज

पोखरा ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्कभित्र रहेका एक दर्जनभन्दा बढी मोटर पार्टस् र ग्यारेज हटाएको छ । स्थानान्तरणका लागि समय दिँदा पनि नहटाएपछि महानगर आफैंले बसपार्कका मोटर पार्टस् र ग्यारेज हटाएको हो ।
महानगरले १ महिनाअगाडि सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखानाहरु हटाउन भनेको थियो । अहिले बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा जारी छ । बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बसपार्कको कामलाई गति दिन हटाइएको महानगरपालिकाले जनाएको छ । महानगरको यातायात व्यवस्थापन समिति संयोजक एवं वडा नम्बर १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना बसपार्कलाई व्यवस्थित बनाउन मोटर पार्टस् र ग्यारेजहरु हटाइएको बताउँछन् ।
‘महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीलाई बसपार्क भित्रबाटै छुट्ने/छुटाउने अनिवार्य व्यवस्था लागु गरिएको छ,’ उनले भने, ‘अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोही अनुरूप बसपार्ककै जग्गा रहेका मोटर पार्टस् र ग्यारेज हटाएका हौं ।’
बसपार्क व्यवस्थापनमा स्थानीय व्यवसायीलेसहयोग गरिरहेको संयोजक शर्माले सुनाए । बसपार्कभित्र रहेका कवाडी संकलन केन्द्रहरूलाई भने २२ गतेभित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ । पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङ निर्माण गरिएको छ ।
नाला निर्माण गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । बसपार्कको बीच भागमा रहेका टिकट काउन्टरहरू हटाइएको छ भने केही टहरासमेत स्थानान्तरण गरिएका छन् ।
यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधि निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका मेयर धनराज आचार्यले सुनाए ।
त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ । अब दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका कामहरू हुने मेयर आचार्यले सुनाए ।
केही दिनअघिबाट महानगरपालिकाले बसपार्क बाहिरपट्टि पोखराकै व्यस्त सडक पृथ्वीचोक–चाइनापुलसम्म पार्किङ निषेध गरेको छ । एकातर्फ साँघुरो चाइना पुल र अर्काेतर्फ सडकमै सवारी साधन पार्किङ हुँदा पृथ्वीचोक–चाइनापुल व्यवस्थित बन्न सकेको थिएन । उक्त क्षेत्रमा बारम्बार ट्राफिक जाम हुने गरेको थियो ।
पोखरा नगर उपत्यका विकास समितिले पोखरा बसपार्क बनाउन २०३२ मा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, त्यो जग्गा अतिक्रमणको चपेटामा परेको छ । अधिग्रहण भएको ५० वर्ष पुग्नै लाग्दा पनि व्यवस्थित बसपार्क बन्न सकेको छैन ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया