लामाचौरमा वृक्षारोपण

समाधान संवाददाता २०८० भदौ २० गते १३:१२

पोखरा ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाले लामाचौरमा रहेको भवन परिसरमा वृक्षारोपण गरेको छ । संस्थाको ६१ औं स्थापना दिवसको अवसरमा निम, बेल, कपुर, पारिजात, तेजपत्ता लगायतका विभिन्न बहुउपयोगी विरुवा रोपिएको सभापति नवराज पौडेल बताए ।


कार्यक्रममा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले मानवीय सेवाको क्षेत्रमा नेपाल रेडक्रसले गरेको योगदान प्रसंशनीय भएको जनाए । कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, उपशाखाका पूर्व सभापति गोविन्द काफ्ले, सचिव होमनाथ आचार्य, उपसभापति पवित्रा पौडेल लगायतले बोलेका थिए ।

Advertisement


उपशाखाले विपद व्यवस्थापन तथा स्मारिका प्रकाशन कोषका लगि हाल आर्थिक संकलन अभियान चलाएको छ । अभियानबाट १५ लाख संकलन गर्ने लक्ष्य राखिएको सभापति पौडेलले सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया