तायाःमचा नृत्यका विजेतालाई चेक हस्तान्रण

पोखरा ।
गाईजात्राको अवसरमा पोखराको रानीपौवामा आयोजना गरिएको तायाःमचा नृत्य प्रतियोगिताका विजेतालाई चेक हस्तान्तरण गरिएको छ । भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशी, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे र पुरस्कारदाता शंकर श्रेष्ठले विजेता समूहलाई चेक हस्तानतरण गरेका हुन् ।
नेवाः खलः कास्कीको आयोजनामा भएको तायाःमचा प्रतियोगितामा पुरुषतर्फ तेर्सापट्टी तायाःमचा समिति विजेता बनेको थियो । नयाँबजार सांस्कृतिक समिति दोस्रो, भीमसेन टोल तायाःमचा समिति तेस्रो भएका थिए । आयोजकले विजेतालाई ३ लाख १ रुपैयाँ, दोस्रोलाई २ लाख १ रुपैयाँ र तेस्रोलाई १ लाख १ रुपैयाँ पुरस्कार घोषणा गरेको थियो ।
सोही घोषणा अनुसार बिहीबार चेक हस्तान्तरण गरिएको हो । महिलातर्फ बागबजार तायाःमचा समिति विजेता भएको थियो । लामौचार नेवाः खलः गुठी दोस्रो र भण्डारढिक नेवाःखलः तेस्रो भएका थिए । विजेताले बिहीबार पुरस्कारवापतको क्रमश ४० हजार रुपैयाँ २० हजार र र तेस्रोले १० हजार रुपैयाँको चेक प्राप्त गरेका छन् । पुरुषतर्फ २१ र महिलातर्फ ९ समूह सहभागी थिए । २०५६ सालदेखि पोखरामा तायाःमचा प्रतियोगिता हुँदै आएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले नेवार समुदाय कला, साहित्य र संस्कृति विश्वमा नै सबैभन्दा पृथक रहेको बताइन् । उनले नेवा संस्कृतिको साथमा नेवारी समुदायको वास्तुकला पनि निकै उत्कृष्ट रहेकाले यसको संरक्षण गर्न भक्तपुर नगरपालिकाले खोपः इन्जिनियरिङ कलेजसमेत सञ्चालन गरिरहेको बताइन् ।
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरामा रहेका नेवारहरुको उत्पत्तिस्थल भक्तपुर नै रहेको दाबी गरे । उनले पोखराको बगालेटोल, गणेशटोल आदि बस्तीहरुलाई नेवारी सांस्कृतिक सहरको रुपमा विकास गर्न भक्तपुरबाट पूर्वाधार ल्याउन पनि आफूहरु तयार रहेको बताए । उनले पोखरामा तीन दिनसम्म चलेको बाघजात्रामा विभिन्न क्षेत्रका जात्रा टोली नै आएर साथ दिएको भन्दै उपमेयर जोशीलाई धन्यवाद दिए ।









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया