‘महिला कलाकार सक्षम बन्नु पर्छ’

पोखरा ।
महिलाको पर्व हरितालिका (तीज)को सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले तीज विशेष कार्यक्रम गरेको छ । कास्की जिल्लालाई कार्य थलो बनाएका ७० लोक तथा दोहोरी कलाकारको सहभागिता रहेको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति राखिएको प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षत्रीले जानकारी दिइन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहकार शान्ति गुरुङले अहिलेको अवस्थामा लोक तथा दोहोरी कलाकारलाई गीत गाएर खान नपुग्ने बताइन् । ‘हामी सबै मिलेर नेपाली मौलिक लोक तथा दोहोरी गीतको संरक्षण गर्नु पर्छ,’ उनले भनिन्, ‘महिला कलाकार उत्पादन तथा आय आर्जनका कार्यक्रममा जोडिएर सबल र सक्षम बन्नु पर्छ ।’ उनले महिला कलाकार आर्थिक रुपमा सबल भए सबै क्षेत्रमा सशक्तीकरण हुने उल्लेख गरिन् ।
प्रतिष्ठान नेपालका प्रशासनिक सचिव जीवन दाहालले तीजको मुल मर्मलाई ख्याल गरेर गीति एल्बम तथा म्युजिक भिडियो निकाल्नुपर्ने बताए । उनले जथाभावी गीत गाँउदा विकृति ल्याउने उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, प्रतिष्ठान कास्कीका सल्लाहकार संयोजक सोमनाथ बांस्तोला, प्रतिष्ठानका सल्लाहकारहरु पार्वती जिसी, लक्ष्मी सुवेदी र दयाराज भण्डारी, प्रतिष्ठानका प्रथम उपाध्यक्ष परशुराम अधिकारी, संगीत विभाग प्रमुख सुनील गायक लगायतले लोक दोहोरी क्षेत्रबारे बोलेका थिए ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया