पाेखराकाे सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ

समाधान संवाददाता २०८० भदौ २५ गते २१:१७

पाेखरा ।

Advertisement

पोखराको बाग्लुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार ललितपुरबाट पक्राउ गरेको हो । सहकारी ठगी गरेर उनी फरार थिए । रम्तेललाई कुमारीपाटीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया