पाेखरा स्पोटर्स अवार्डको तयारी सुरु
पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोटर्स अवार्डको तयारी सुरु भएको छ । सोमबार विभिन्न संस्थासँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले बताए ।
सहभागीले मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको लोकप्रियता बढ्दै गएको बताएका थिए । तमु समाज युके आमा समूह अध्यक्ष उमा गुरुङले आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डका लागि व्यक्तिगत तर्फबाट १० हजार मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरिन् । सहारा क्लब पोखराकी संस्थापक कोषाध्यक्षसमेत रहेकी उनले अवार्ड कार्यक्रमका लागि आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धतासमेत जनाइन् ।
कार्यक्रममा सहारा क्लबका नवनिर्वाचित अध्यक्ष केशवराज बराललाई बधाई ज्ञापन गरिएको छ । अध्यक्ष केशवराजले आफ्नो कार्यकालमा मञ्च गण्डकीसँगको सहकार्यलाई निरन्तरता दिइने जनाए । मञ्च गण्डकीले यही असोज ६ गते पोखरामा आयोजना गर्ने साधारण सभा र विधान अधिवेशनको तयारीसमेत गरेको अध्यक्ष दीननाथ बरालले जनाए ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया