स्पेनमा तीज विशेष कार्यक्रम

पोखरा ।
हरितालिका तीज पर्वको सन्दर्भमा नेकपा (एमाले)को जनवर्गीय संगठन प्रवासी नेपाली मञ्च स्पेनले पर्यटकीय सहर बार्सिलोनामा तीज विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपालबाट गएका लोक तथा दोहोरी गायिकाहरु पार्वती जिसी र तुलसा क्षत्रीले तीजगीत प्रस्तुत गरेको मञ्चका अध्यक्ष हेमन्त रानाभाटले जानकारी दिए । कार्यक्रममा लोकगायिका सुमी घिमिरे सापकोटाले तीज गीत प्रस्तुत गरेकी छन् । अध्यक्ष रानाभाटले विदेशमा बस्ने नेपालीले नेपाली संस्कार र संस्कृतिलाई नबिर्सेको मौलिक पर्व तीज मनाउँदै आएको बताए । उनले स्पेनमा बस्ने नेपालीका लागि कलाकारको साथमा मौलिक तीज गीत नाच्ने, गाउने र रमाउने व्यवस्थापन मिलाएको जानकारी दिए ।
मञ्चका सल्लाहकार तथा कास्की समाज स्पेनका पूर्व अध्यक्ष केदार ढुंगानाले मञ्चले हरेक वर्ष तीज पर्वको अवसरमा दर खाने र सांस्कृतिक कार्यक्रम गर्दै आएको उल्लेख गरे । लोक तथा दोहोरी गायिका पार्वती जिसीले गैरआवासीय नेपाली संघ जर्मनी र स्वीटजरल्यान्डको तीज विशेष कार्यक्रममा सहभागी भएको जानकारी दिइन् ।
तीज पर्वको कार्यक्रम मोटा मोटी रुपमा सकिएको उल्लेख गर्दै उनले अन्य लोक तथा दोहोरी गीत सहितको सांगीतिक यात्राको सिलसिलामा १ महिनासम्म युरोपका विभिन्न देशमा कार्यक्रम गर्ने बताइन् । नेपाली पञ्चेबाजा समूह डेनमार्कले प्रस्तुत गर्ने औपचारिक रोधीघर २०२३मा सामेल हुने जानकारी दिँदै उनले पोर्चुगल बेल्जियम, नर्वे लगायतका देशमा कार्यक्रम गर्ने तय भएको जानकारी दिइन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया