पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
समाधान संवाददाता
२०८० असोज ६ गते २२:१४

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्यक २÷२ वर्षमा प्रदान गर्ने उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य र पोखरा उद्योग वाणिज्य संघका पवनकुमार प्रजापतिले सम्मान गरेका हुन् ।
दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा रहेका मिश्र हाल प्रेस युनियनको कास्कीका सभापति छन् भने नेपाल खबर र ढोरपाटन दैनिकमा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित स्वर्गीय गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार र सुशासनका लागि नागरिक समाज (सुनास) ले प्रदान गर्ने सुशासन पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया