वात्स्यायनलाई पद्मश्री सम्मान, मनु उपन्यासलाई पुरस्कार

पोखरा ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान बिसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरेको छ ।
नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिने काम गरेकोले नेपाली चित्रकलामा वात्स्यायनको पुर्याएको योगदान विशिष्ट रहेकाले यो सम्मान उनलाई प्रदान गरिएको बताइएको छ ।
मनु उपन्यासका लेखक देवीप्रसाद सुवेदीलाई पद्मश्री पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ ।
त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार शिक्षा क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने भएको छ । यो गत वर्षबाट प्रदान गर्न थालिएको पुरस्कार हो।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको रााशि तीन लाख रहेको छ । सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया