अन्नपूर्ण, मजदुर र विद्यार्थी इलाकामा सर्वसम्मत

पोखरा ।
एमाले गण्डकीको आसन्न प्रथम अधिवेशनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका कमिटीले प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । असोज १५ र १६ गते हुने अधिवेशनका लागि खुला, महिला, युवा तथा दलिततर्फ गरी ११ प्रतिनिधि सर्वसम्मत भएको निर्वाचन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
खुलातर्फ पुण्यप्रसाद पौडेल, दामोदर बैरागी, विष्णुबहादुर केसी, बुद्धिमान गुरुङ र सुरेन्द्र गुरुङ निर्विरोध भएका छन् । खुलातर्फ १५ जनाको उम्मेद्वारी परेको थियो । प्रतिस्पर्धीमध्ये १० जनाले उम्मेद्वारी फिर्ता लिएपछि ५ जना सर्वसम्मत भएका हुन् ।
महिलातर्फबाट चन्द्रकला अधिकारी, अम्बिका कुँवर र सगुन गुरुङ निर्विरोध बने । निर्वाचन अधिकृत अधिकारीका अनुसार महिलातर्फ ७ जनाको उम्मेद्वारी परेको थियो । युवातर्फबाट भरतमान गुरुङ निर्विरोध भएका छन् । युवातर्फ आवश्यक संख्या १ भएता पनि ४ जनाको उम्मेद्वारी परेको थियो ।
अन्नपूर्णमा उत्पीडिततर्फ नारायणी परियार र अर्जुन विक सर्वसम्मत बने । उत्पीडिततर्फ ७ जनाको उम्मेद्वारी परेको थियो । पार्टीको मजदूर इलाका कमिटी कास्कीबाट समेत सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । महिलातर्फ मीना गुरुङ सर्वसम्मत भएकी छन् । खुलातर्फ कर्णसिं गुरुङ, विष्णुबहादुर केसी र तुलसीराम सुवेदी निर्विरोध भएका छन् ।
खुलातर्फ आवश्यक सख्या ३ भएता पनि ७ जनाको उम्मेद्वारी परेको थियो । उत्पीडिततर्फ रवीन्द्रबहादुर बाग्दास सर्वसम्मत भएको मजदुर इलाका कमिटी अध्यक्ष तुलसीराम सुवेदीले जानकारी दिए । विद्यार्थी इलाका कास्कीबाट प्रदेश अधिवेशनका लागि ४ जना सर्वसम्मत भएका छन् । खुलातर्फ आशीर्वाद सुवदी, मनकुमार श्रेष्ठ र अर्जुन सुनाम निर्विरोध भएका छन् । महिलतर्फ फातुमा खातुन सर्वसम्मत बनिन् ।
कास्कीको रुपा र माछापुच्छ्रे गाउँपालिका कमिटीमा प्रतिनिधि छनोटका लागि सर्वसम्मतिको प्रयास जारी छ । रुपा गाउँ कमिटी अध्यक्ष नीलकण्ठ रेग्मीले सहमति कायम गर्न नसके निर्वाचनमा गएर प्रतिनिधि छनोट गर्ने जानकारी दिए । माछापुच्छ«े गाउँ कमिटी अध्यक्ष विक्रम गुरुङले सहमतिको प्रयास जारी राखेको सुनाए ।
पोखरा महानगरपालिकाको प्रतिनिधि छनोट निर्वाचन समितिले आवश्यकभन्दा धेरै उम्मेद्वारी परेकाले सर्वसम्मतिको ागि मनोनयन फिर्ता लिनको लागि समय थप गरेको छ । निर्वाचन अधिकृत कमलप्रसाद अर्यालका अनुसार निर्वाचन समितिको कार्यक्रम अनुसार सुरुमा असोज ८ गते सोमबार २ बजेसम्ममा उम्मेद्वारले मनोनयन फिर्ता लिने समय तोकिएको थियो ।
उम्मेद्वारबीच छलफल गरी मनोनयन फिर्ताको लागि सोमबार ५.३० सम्म समय अवधि थप गरेको जानकारी दिँदै उनले निर्धारित समयसम्ममा पनि आवश्यक संख्या भन्दा बढीको उम्मेद्वारी कायम रहेकाले असोज ९ गते विहान ९ बजेसम्म मनोनयन फिर्ता लिने समय थप गरिएको बताए ।
एमाले पोखरा महानगर कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिमिल्सिनाले खुलातर्फ आवश्यक संख्या ४१ मा १ सय ३८ जनाको उम्मेद्वारी परेको जानकारी दिए । महिलातर्फ २१ संख्यामा ८२ जनाको उम्मेद्वारी परेको छ । उत्पीडिततर्फ आवश्यक संख्या १२ मा ३४ जनाको उम्मेद्वारी परेको तिमिल्सिनाले बताए । युवा खुलामा आवश्यक संख्या ७ मा १९ जनाको उम्मेद्वारी परेको छ । युवा महिलामा आवश्यक संख्या ३ मा १२ जनाको उम्मेद्वारी परेको छ ।
अधिवेशनमा गण्डकी प्रदेशका पालिका कमिटीका ९ सय १ प्रतिनिधिले भाग लिने छन् । अशिवेशन एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अमरसिंह चौरमा आम सभासहित उद्घाटन र पोखरा सभागृहमा बन्दशत्र चल्ने प्रचारप्रसार उपसमितका संयोजक रश्मि आचार्यले जानकारी दिए ।









चिप्लेढुंगामा केएफसी सञ्चालन
महाकालेश्वर मार्ग टोल विकासमामा चालिसे
हिमालय क्लबको सभा
तमु फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया