पोखरामा भयो फेल, स्याङ्जामा सफल होला त !

समाधान संवाददाता
वालिङ नगरपालिका र पुतली बजार नगरपालिकामा हर्न निषेध गरिएको छ । करिब डेढ बर्ष अघि पोखरामा पनि यस्तै घोषणा गरिएको थियो । तर बिना ट्राफिक प्रहरी घोषणा गरिएको सो निषेध एक दिन पनि सफल भएन ।
नगरभित्रका निश्चित क्षेत्रमा सवारी साधनको हर्न बजाउन रोक लगाइएको हो । ध्वनी प्रदुर्षणको कारण बच्चादेखि वृद्धवृद्धालाई असर परेको भन्दै नियम नमान्नेलाई जरिवाना लगाउने निर्णय भएको छ । अभियानलाई पूर्ण कार्यान्वयन गर्ने भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले चरणबद्ध योजना बनाइने जानकारी दिए ।
पहिलो चरणमा पुतली बजार नगरपालिका र दोस्रो चरणमा वालिङ नगर भित्र पर्ने भकुण्डेदेखि मिर्दी चोकसम्म हर्न बजाएर ध्वनी प्रदुर्षण गर्न नपाइने लम्सालले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको अनुरोधमा जिल्लाका २ नगरपालिकामा हर्न निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रेशमबहादुर रानाभाटले बताए । १५ दिन सुझाव दिने समय तोकेको अभियान अटेर गरे पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार गर्दै १५ सयसम्म जरिवाना लगाउने रानाभाटको भनाइ छ ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया