अमेरिकी दुतावासको दुई सदस्यीय टोली मुस्ताङ

जोमसोम—नेपालस्थित अमेरिकी दुतावासको दूई सदस्यीय टोली बुधबार बिहान मुस्ताङ आईपुगेका छन् । नेपालस्थित अमेरिकी दुतावासको कूटनीतिक शाखाकी महिला कन्सुलर क्रेग डेन्सर र अर्का एक दुतावासमा कार्यरत नेपाली महिला कर्मचारी पोखरा—जोमसोम हवाई मार्ग हुँदै समिट एअरको जहाजमा जोमसोम अवतरण गरेका हुन् ।
अमेरिकी दुतावासका दुई कर्मचारीहरुको भ्रमण मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको मात्र हुँने बताईएको छ । उनीहरुले वारागुङ मुक्तिक्षेत्रको भ्रमण अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा प्रजिअ जनकराज पन्तसहित सुरक्षा निकायसंग अनौपचारिक भेटघाट गरेका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नेपालस्थित अमेरिकी दुतावासका दुई कर्मचारी मुस्ताङ आएको पुस्टि गरे । निकट भविष्य हुँने अमेरिकी राजदुत डिन आर थम्पसनको मुस्ताङ भ्रमणको बारेमा छलफल भएको प्रजिअ पन्तले बताए ।‘दुतावासका एक विदेशीसहित दुई कर्मचारी प्रशासन कार्यालयमा आउनु भएको थियो, यहाँको सुरक्षा अवस्था र के गर्न सकिन्छ भन्ने विषयमा जानकारी माग्नु भएको थियो ,हामीले यहाँका अवस्था सामान्य रहेको रिपोर्टिङ ग¥यौं ,उहाँहरु मुक्तिनाथ जाने कुरा गर्दै हुनुहुन्थ्यो ।’
निकट भविष्यमा अमेरिकी राजदुत थम्पसनले कागबेनीसम्मको भ्रमण गर्ने उनीहरुले बताएको प्रजिअ पन्तले बताए ।
अमेरिकी राजदुत डिन आर थम्पसनको मुस्ताङ भ्रमणको पूर्वसन्ध्यामा मुस्ताङ आएका कूटनीतिक शाखाकी क्रेग डेन्सन र अर्का एक महिला कर्मचारीको टोली वारागुुङ मुक्तिक्षेत्र स्थित मुस्ताङ हिमालयन रिसोर्टमा बस्ने बताईएको छ ।
तपाईको प्रतिक्रिया