सुरक्षा पालुवा सहकारीको अध्यक्षमा पुनः टुल्कनाथ

समाधान संवाददाता २०८० असोज ११ गते ८:२५

पोखरा ।
सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा एवं दास्रोे अधिवेशनले पुनः टुल्कनाथ आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।

Advertisement


समितिको उपाध्यक्षमा यज्ञप्रसाद आचार्य, सचिवमा दीपक बानिया, सह सचिवमा शान्तादेवी अधिकारी र कोषाध्यक्षमा पानादत्त पौडेल हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा गोपीराज तिवारी, श्रीराम दहाल, देवमणि भण्डारी, रामप्रसाद पौडेल, इन्दिरा कोइराला आचार्य, सुन्दरमणि दहाल, योगराज अधिकारी, ध्रुवबहादुर थापा क्षेत्री, अञ्जु अधिकारी, गोपबहादुर बानिया छन् ।


लेखा समितिको संयोजकमा सुशील पौडेल एवं सदस्यहरूमा केशवराज आचार्य र सागरमणि भण्डारी छन् । अधिवेशनका लागि कृष्णप्रसाद तिवारीको संयोजकत्वमा मेघमणि अधिकारी र आनन्द पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिका संयोजक कृष्णप्रसाद तिवारी, पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, सल्लाहकार एवं पूर्व अध्यक्ष शिवदत्त तिवारी लगायतले टीका तथा माला तथा प्रमाणपत्र प्रदान गरेको थियो ।

Advertisement


कार्यक्रममा वडा अध्यक्ष अधिकारीले आर्थिक अनुशासनका माध्यमबाट सहकारीलाई आम सर्वसाधारणको मन जित्ने गरी अघि बढाउनुपर्ने बताए । पोखरा–३३ का छरिएका सहकारीलाई एकत्रित गर्दै सहकारीको सेवा प्रवाहलाई अझै प्रभावकारी एवम् गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । समितिका अध्यक्ष टुल्कनाथ आचार्यले सेयर सदस्यको भावनालाई आत्मसात गर्दै सहकारी अघि बढीरहेको सुनाए ।


सल्लाहकार एवं पूर्व अध्यक्ष शिवदत्त तिवारी, निर्वाचन समितिका संयोजक कृष्णप्रसाद तिवारी लगायतले सहकारीले आम सर्वसाधारण माझ प्राप्त गरेको विश्वासलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उक्त अवसरमा समाचार सम्प्रेषणका माध्यमबाट विशिष्ट योगदान पु¥याएको भन्दै रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र भरतपोखरी मिडिया डट कमका अध्यक्ष सञ्जय आचार्यलाई सम्मान गरिएको थियो ।

Advertisement


२०६४ सालमा सुरक्षा बचत तथा ऋण सहकारीका रुपमा स्थापना भएको संस्थाले विभिन्न चरणमा अन्य सहकारीहरुसँग एकीकरण गरी ३ हजार ४७ सेयर सदस्यमा मार्फत ७ करोड ३४ लाख ३७ हजार सात सय सेयर पुँजी बनाउन सफल भएको छ । हाल सहकारीको कारोबार ७४ करोड ८ लाख रुपैयाँभन्दा बढी छ ।


पोखरा महानगरपालिकाभित्र कार्यक्षेत्र बनाएर विभिन्न तीन ठाउँमा रहेका सेवा केन्द्रमा असोज ३ गते देखि तीन चरणमा गरिएको १७ औं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

समितिका अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव यज्ञप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा स्वागत निर्मल आचार्य तथा सहकारीका सिद्धान्त वाचन शान्तादेवी अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया