नेपाल–भारत छिट्टै क्यासलेस कारोबार हुन्छः श्रीवास्तव

पोखरा ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध अरु कुनै देशको सम्बन्धभन्दा विशेष र पृथक रहेको जनाएका छन् । उनले भारतीय र नेपाली दुुवै पक्षलाई आर्थिक कारोबार सहज बनाउन समन्यव भइरहेको जनाए ।
चाडै नेपालका केही बैंक तथा भारतीय बैंकबीच सहकार्य गरी क्यासलेस कारोबार थालिने उनले जनाए । पोखरामा बुधबार भएको मिनी सडक महोत्सवमा उनले हरेक वर्ष जुन २१ को दिन पोखरामा योगा दिवस भारत सरकारले मनाउने तय भएकाले त्यसले पनि भारतीय पर्यटक नेपाल आउने वातावरण बन्ने उल्लेख गरे । उनले पोखरा आउने बाटो खराब हुँदा धेरै भारतीयले गुनासो गर्ने गरेको जनाए ।
गण्डकीका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले सरकार मुख्य गन्तव्य पहिचान गरी ती स्थानको प्रवद्र्धनमा लागेको सुनाए । उनले सरकारी र निजी दुवै क्षेत्रको सहकार्यबाट मात्र पर्यटनको विकास हुने जनाए । उनले पर्यटनकीय गन्तव्यको विस्तार र मौलिकता संरक्षणलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।
भारतीय र अरु प्रदेशका पर्यटकलाई आकर्षित गर्ने योजना उनले सुनाए । ‘अहिले पनि नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक भारतीय छन् । आन्तरिक र भारतीय पर्यटकलाई आकिर्षत गर्ने खालका कार्यक्रम र नीति बनाउन सरकार अग्रसर छ ।’ मुग्लिन पोखरा सडक निर्माणमा ढिला भएको स्वीकार्दै उनले निर्माण कम्पनीलाई ताकेता गरिएको सुनाए ।
उनले लुम्बिनीदेखि मुक्तिनाथसम्म फास्ट ट्रयाक बनाउन र भारतीय सहरहरबाट पोखरा उडानका लागि पहल गरिदिन राजदूत श्रीवास्तवसँग आग्रह गरे । ‘पोखरालाई बेस बनाएर भारतका विभिन्न सहरबाट डाइरेक्ट फ्लाइट भए पर्यटक काठमाडौं हुँदै पोखरा आउनुपर्ने वाध्यता हट्छ ।’
पर्यटन दिवसको अवसरमा आयोजित महोत्सव बाराहीचोकदेखि खहरे चोकसम्म सञ्चालन भएको छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया