पोखरा अल्ट्रालाइटलाई सम्मान

पोखरा ।
सरकारले पोखरा अल्ट्रालाइट प्रालिलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँतीले पोखरा अल्ट्रालाइटसहित अन्य विभिन्न क्षेत्रका कम्पनीलाई सम्मानित गरेका हुन् । अल्ट्रालाइटले साहसिक खेल अन्तर्गत सन् २०२२ अगस्ट १ देखि २०२३ अगष्टसम्ममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल भएकाले सम्मानित भएको हो ।
पोखरा अल्ट्रालाइटका तर्फबाट योगेन्द्र थापाले सम्मान ग्रहण गरेका थिए । यस कम्पनीले ४४ हजार ३ सय ८८ अमेरिकी डलर आर्जन गरेको छ । पोखरामा सन् २०११ देखि पोखरा अल्ट्रालाइटले साहसिक खेलका पारखीका लागि उडान गराउँदै आएको छ । पोखराको बाराही चोकमा कार्यालय रहेको यस कम्पनीका अध्यक्ष विप्लव पौडेल हुन् भने म्यानेजिङ डाइरेक्टरमा पोमनारायण श्रेष्ठ छन् ।
पछिल्लो समय अल्ट्रालाइटमा उडेर विभिन्न हिमशृंखला तथा पोखरा सहरको मनोरम दृश्यावलोकनका लागि अल्ट्रालाइट लोकप्रिय बन्दै गएको छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया