दीपशिखा महिलाको सभा

लेखनाथ ।
पोखरा २९ लाई कार्यक्षेत्र बनाएको दीपशिखा महिला कृषि सहकारीको १० औं साधारण सभा बिहीबार भएको छ । महिलालाई आय आर्जनमा जोड्ने लक्ष्यकासाथ दीपशिखा पुस्तकालयको संयोजनमा स्थापना भएको सहकारीले छोटो समयमा ४ सय ४० सेयर सदस्यबाट २ करोड ३ लाख २५ हजार सेयर पुँजी संकलन गरेको छ ।
सभामा दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले महिलालाई सामाजिक क्षेत्रमा अग्रसर बनाउनका लागि नेतृत्व दिनुपर्ने बताए । सहकारीले कृषिमा लगानी बढाउँदै महिलाको आय आर्जन बढाउन सघाउन आग्रह गरे । लेखनाथ सामुदायिक कृषि सहकारी अध्यक्ष मेजर रामप्रसाद गुरुङले आर्थिक अनुशासनको माध्यमबाट सहकारीले आम सेयर सदस्यको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार माधव भण्डारी, शान्ति पौडेल, वडा नं २९ का वडा सदस्य निर्मला पौडेल, संस्थाकी निवर्तमान अध्यक्ष गोमाकुमारी आचार्य, सेयर सदस्य मनु सुनार, सरस्वती आचार्य लगायतले सहकारीले आम सर्वसाधारणका माझ प्राप्त गरेको विश्वासलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । संस्थाकी अध्यक्ष शिवकुमारी सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो ।








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया