हेमजा गोल्ड कप विजेतालाई ६ लाख

पोखरा ।
हेमजा युनाइटेडले पोखरा २५ हेमजामा आयोजना गर्ने सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्ड कपका विजेतालाई छ लाख ५५ हजार पाउने भएका छन् । कात्तिक ११ देखि १८ गतेसम्म प्रतियोगिता हुँदै छ ।
बिहीबार आयोजित भेलामा संस्थाका अध्यक्ष राजेश त्रिपाठीले उपविजेता समूहले तीन लाख ५५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, सर्वाधित गोलकर्तालाई २५ हजार, फेयर प्लेयरलाई पुरस्कार २५ हजार, विभिन्न पाँच विधामा उत्कृष्ट हुनेलाई जनही २० हजार तथा म्यान अफ दि म्याचलाई पाँच हजार प्रदान गरिने भएको छ ।
अध्यक्ष त्रिपाठीले गोल्ड कप हेमजाको गौरव भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । नकआउट फुटबल प्रतियोगिता गर्न ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले गोल्ड कपका लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिताबाट बचत भएको ५० प्रतिशत रकम हेमजा युनाइटेड एकेडेमी सञ्चालानार्थ खर्च गरिनेछ । युनाइटेडले गोल्ड कपलाई निरन्तरता दिने, खेल मैदानमा प्याराफिट निर्माणमा पहल गर्ने, गौरीशंकर खेल मैदानलाई प्रादेशिक खेल मैदान बनाउन पहल गर्ने जनाएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया