एमाले गण्डकी अध्यक्षमा सोभित ढकालले उम्मेदवारी दिने, भन्छन्, –पटक पटक अवसर पाउनेका दिन गए

समाधान संवाददाता २०८० असोज १२ गते १५:५३

पोखरा ।
एमाले नेता सोभित ढकालले आसन्न एमाले गण्डकी प्रदेश अधिवेशनमा अध्यक्षमा आकांक्षा व्यक्त गरेका छन् । उनले प्रदेश अध्यक्षका लागि उम्मेदवारी दिने शुक्रबार घोषणा गरेका हुन् । प्रदेशको आर्थिक, सामाजिक सांस्कृति र राजनीतिक विचारले सुदृदीकरण गर्न आफूले उम्मेदवारी दिने घोषणा गरेको उनको भनाइ छ ।

Advertisement


‘एमालले अंगिकार गरेको सुखी नेपाली समृद्ध नेपालका अवधारणलाई पूरा गर्न मेरो उम्मेदवारी हो । २१ औं शताब्दीको सूचना तथा प्रविधिसँगै आएको चुनौतिका सामना गर्न उम्मेदवारी दिन्छु । त्यो क्षमता मसँग छ,’ उनले भने, ‘विभिन्न क्षेत्रमा देखिएको चुनौतिलाई पूरा गर्न सशक्त जुझारु नेतृत्व गर्छु भन्ने मेरो दाबी हो ।’


४६ सालको आन्दोलन सफल पार्ने पुस्ताको हुनुका कारणदेखि ६२ र ६३ सालको दोस्रो जनआन्दोलनमा सक्रियतासँग जनप्रतिनिधि भएर जनताको सेवा गरेको लगायत कारण आफू प्रदेश अध्यक्षका लागि योग्य रहेको उनले बताए । पछिल्लो समय समाजमा देखिएको अराजकतालाई रोक्न पनि आफूले उम्मेदवारी दिने उनले सुनाए । आफूले युवाहरुको प्रतिनिधित्व गरेर अगाडि बढ्ने प्रतिवधर्ता जाहेर गरेको उनको भनाइ छ ।


‘अहिले जति पनि व्यक्तिहरुले अध्यक्षमा दाबा गरिरहनुभएको छ । उनीहरु ४६ सालदेखिका पूराना अनुहारहरु हुन् । सांसद, मन्त्री र मेयर हुँदा यी व्यक्तिहरु नै पटकपटक अवसर पाए,’ उनले भने । पटकपटक यी व्यक्तिहरु नै केन्द्रीय कमिटी पनि भए । तर, पुन केन्द्रीय कमिट भइसकेका मान्छे प्रदेश अध्यक्ष दाबी गर्ने मिल्छ ?’ अहिलेसम्म कुनै पनि भूमिकामा नभएका आफू जस्ता सच्चा व्यक्तिहरुलाई अवसर दिनुपर्ने उनको भनाइ छ ।


‘मेरो उम्मेदवारी कुनै गुटउपगुट बनाएर होइन । सच्चा कार्यकर्ताको भावना अनुरुप हो,’ उनले भने, ‘नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनले घोषणा गरेको नीति निर्णय र विचारलाई अंगिकर गर्दै आत्मसात गर्दै गुटबन्दी नगरी अगाडि बढ्छु ।’ उनी यसअघि पृथ्वीनारयण क्याम्पसको स्ववियु सभापति, अखिलमा केन्द्रीय सदस्य, अखिल गण्डकी प्रदेशको अध्यक्ष भइसकेका छन् ।
असोज १५ र १६ गते हुने अधिवेशनमा गुटउपगुट नभनी सबै जिल्लाबाट चुनिएर आएका प्रतिनिधिहरुले आफूलाई मतदान गर्ने उनको दाबी छ ।

Advertisement

को हुन ढकाल ?


स्याङ्जाको चापाकोट नगरपालिका ७ (साविकको साँखर) गाविसमा जन्मिएर देशको सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पसको स्वबियू सदस्य, कोषाध्यक्ष, सचिव हुँदै सभापति भएर ढकालले काम गरिसकेका छन् । ढकाल अनेरास्वियू गण्डकीको अध्यक्ष, ३ पटक केन्द्रीय सदस्य, सचिवालय सदस्य र उपाध्यक्ष समेत भए ।

जनकपुरमा सम्पन्न अखिलको बीसौँ महाधिवेशनमा अध्यक्षमा थोरै मतले पराजित ढकाल अध्ययनशील नेताको रुपमा परिचित छन् । २०७५ मा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्यमा मनोनित भएपनि आफ्नो नाम काटिएको सुनाउँछन् । ३५ वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय काम गर्ने अवसर नपाएको बताउँछन् ।

तपाईको प्रतिक्रिया