मणिपाल तोडफोड संलग्न आरोपमा ७ जना पक्राउ
समाधान संवाददाता
२०८० असोज १३ गते १२:२५

पोखरा ।
मणिपाल शिक्षण अस्पतालमा गत ८ गते भएको तोडफोडमा संलग्न भएको आरोपमा थप ७ जना पक्राउ परेका छन् ।
शुक्रबार राति न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान गरिने उनले बताए ।
यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको थियो । विनयविरुद्ध ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको एसपी थापाले बताए ।
लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपालमा डाक्टरमाथि कुटपिटका र अस्पतालमा तोडफोड भएको थियो ।
सम्बन्धित









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया