फुस्रेखोलामा १४ वर्षिय बालककाे शव फेला
समाधान संवाददाता
२०८० असोज १४ गते १४:३८

पोखरा ।
पोखरा १७ फुस्रेखोलामा एकजनाको शव भेटिएको छ । बिरौटाका १४ वर्षिय क्षितिज बस्यालको शव शनिबार शव अड्किएको अवस्थामा फुस्रेखोलामा भेटिएको हो ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस्यालको शव पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
फुर्सेखोलामा मृत भेटिएको शव बस्यालको भएको मृतकका ठुली ममीले पहिचान गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बस्यालको आमाबुबा विदेशमा भएको र बिरौटामा ठुली ममीसँग बस्दै आएको थिए ।
घट्ना सम्बन्धि थप अनुसन्धानमा भइरहेको प्रहरीले जनाएको छ
सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया