महिला अधिकार अभिमुखीकरण
समाधान संवाददाता
२०८० असोज १४ गते १४:५४

पोखरा ।
सिद्धार्थ क्लब पोखराले महिला अधिकार सम्बन्धी कानुनी सचेतना आयोजना गरेको छ । कार्यक्रममा पोखरा ४ की वडा सदस्य पार्वती माकाजूले धेरैजसो महिलालाई महिला अधिकारसम्बन्धी चेतना नभएको बताइन् ।
उनले केही सचेत महिलाले पनि कानुनी व्यवस्थाको दुरुपयोग गर्ने गरेको सन्दर्भमा यस प्रकारको तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । संस्थाकी अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले कार्यक्रम फलदायी हुने बताइन् ।
अधिवक्ता कृष्णकुमारी गुरुङले नेपालको संविधान २०७२ का विशेषता, महिला अधिकार, हक, हितका साथै संविधान कार्यान्वयन र चुनौतीबारे सहजीकरण गरेकी छन् । कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानी, सचिव विनोदप्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष देवेन्द्र पराजुली र सहभागी ज्ञानु श्रेष्ठले बोलेका थिए ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया