मुस्ताङ भ्रमण गर्न सामाजिक सञ्जालबाटै पूर्व सांसदको निम्तो

जोमसोम—मुस्ताङका पूर्व संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले सामाजिक सञ्जाल मार्फत आम पर्यटकलाई मुस्ताङ भ्रमण गर्न निम्तो दिएका छन् । पूर्व सांसद तुलाचनले मोडिफिकेसन जोमसोम फेसबुक पेज मार्फत पर्यटकलाई सडक सञ्जाल सहज भएको र अनुकुल मौसम भएकाले मुस्ताङ भ्रमण गर्ने उपयुक्त समय भएको उल्लेख गरेका हुन् ।
मुस्ताङ जिल्ला देशकै पृथक भूगोल र मनोरम दृष्यहरुले भरिपूर्ण रहेकाले स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तब्य बन्दै गईरहेको पूर्व सांसद तुलाचनको भनाई छ । ‘ बर्खायाममा बेनी जोमसोम सडक केही असहज भएको थियो,अहिले बाटो पुरै क्लियर भईसकेको छ ,’पूर्व सांसद तुलाचनले भने,‘ दशै—तिहार पर्व पनि नजिकिंदै छ, यहाँ घुम्ने अनुकुल र उपयुक्त समय पनि हो ।’
पूर्व सांसद तुलाचनले सडक सहज भएकाले कोरलानाकासम्म जान कुनै अप्ठेरो नपर्ने पर्यटकलाई जानकारी गराए । उनले मुस्ताङमा स्याउ हार्भेस्ट गर्ने समय भइसकेकाले यहाँ आएका पर्यटकले बगैचामै पुगेर फोटो खिच्न र स्याउको स्वाद चाख्न पाउने सुझाए । यहाँका ताजा अर्गानिक उत्पादनको स्वादसंगै कोशेलीको रुपमा खरिद गरी पर्यटकलाई लैजान सकिने जानकारी दिए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया