प्रदेशस्तरीय वक्तृत्वकलामा मदरल्यान्डकी कृतिका प्रथम

पोखरा ।
शिक्षा, संस्कृति र पर्यटनको क्षेत्रमा काम गरिरहेको साभ नेपाल र फ्रिडम ट्रेनिङ सेन्टरको आयोजनमा गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भयो ।
गण्ढकी प्रदेशभरिबाट सहभागी भएको उक्त प्रतियोगितामा मदरल्याण्ड मावि पोखराकी कृतिका पराजुली प्रथम भएकी छन् । त्यसै गरी अमोर सेवा फेदीखोला स्याङ्जाकी अमृता गुरुङ द्वितीय, शान्ति निकेतन माविकी अदिती पराजुली तृतीय स्थान हात पारेका छन् भने सान्त्वना स्थान सिर्जना माविका अभय बस्नेत र भानुभक्त माविकी स्वस्तिका क्षेत्रीले प्राप्त गरेका छन् ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको प्रमुख आतिथ्य र साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी, चरक मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रदीप शर्मा लगायत विभिन्न सहयोगी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
प्रतियोगितात्मक कार्यक्रममा साभ नेपालका अध्यक्ष डा. तुलसी रामखनाल प्रभासले अभिव्यक्ति कलाबारे प्रशिक्षण समेत दिएका थिए । अधिकांश विद्यार्थी कक्षा १२ बाट सहभागी भएको सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजेको विषयमा बोल्दा युवा पुस्ता विदेशमा पलायन हुन बाध्य भएको देशको अवस्थाप्रति चिन्ता प्रकट गरेका थिए । प्रतियोगितामा पहिलो सत्रमा सबैले ३ मिनट आ–आफ्नो रोजाइको विषयमा बोल्न लगाइएको थियो । दोस्रो अर्थात् फाइनल सत्रमा तीन वटा विषय दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले अब देशमा दक्ष जनशक्ति पाउन मुस्किल भैसकेको र आफ्नो बैंकमा महिनाको ६०–७० हजार तलब खाने कर्मचारी समेत जागिर छोडेर विदेश जाने गरेको र अब बैंकमा काम गर्ने कर्मचारीकै अभाव हुन थालेको भयावह अवस्थाको बारेमा बताएका थिए ।
सबै वक्ताको चिन्ता देशको दुरवस्था, आर्थिक मन्दी, स्वरोजगारको अभाव लगायतका विषयमा रहेको देखिएको थियो । प्रतियोगितामा प्रथमलाई १५, द्वितीयलाई १०, तृतीयलाई ५ हजार र सान्त्वना स्वरुप दुई जनालाई २ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया