ललिता निवास काण्डमा प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरेः पृथ्वीसुब्बा गुरुङ

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग ललिता निवास प्रकरणमा म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् ।
सोमबार भएको एमाले गण्डकी प्रदेशको अधिवेशनको उद्घाटन समारोहमा प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको बताएका हुन् ।
‘कांग्रेस शोसक, कमिसनखोर र भ्रष्टाचारीहरुको पार्टी हो । प्रचण्डले कमिसनखोर र तस्करहरु, माधव नेपाल, शेरबहादुर देउवासँगसँग म्याच फिक्सिङ गरेका छन्,’ उनले भने ‘हामी सबैलाई थाहा छ । अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ । सरकार टिकाउन अपराधी लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ ।’
ललिता निवास प्रकरणको फेरी छानबिन हुने बताउँदै उनले कि माधव नेपाल । जनताको छानविनको कठघरामा संग्लग्नता भएका हरेक व्यक्तिलाई उभ्याइने उल्लेख गरे ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अझै १० वर्ष एमालेमा अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन् । केपी ओली बिना राष्ट्रिय स्वाधिनताको यात्रा विथोलिने तथा पार्टीको सफलता ओली मात्र सम्भव भएको उनको भनाइ छ ।
‘कुनै जंगलमा दुईवटा सिंह हुँदैन, ७५३ पालिकामा एकैदिन अधिवेशन गर्नु अभूतपूर्व सफलता ओलीको नेतृत्व भएकाले सम्भव भएको हो ।’ उनले भने ।
तपाईको प्रतिक्रिया