१०३ वर्षीय पोखरेललाई महानगरपिता सम्मान

लेखनाथ ।
पोखरा महानगरपालिकाकाले वडा नम्बर २६ का १०३ वर्षे प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवशको अवसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगदसहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
पोखरेललाई सम्मान गर्दै वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै ज्येष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गरे । उनमा रहेका ज्ञान र सिपलाई पुस्तान्तरण गर्नुपर्नेमा थापाले जोड दिए ।
जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले वडाले वार्षिक रुपमा ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा खाजा एवं सहायता सामग्री वितरण गर्दै आएको जानकारी दिए । थापाले वडाको भौतिक विकासमा मात्र नभई सर्वसुलभ रुपले शिक्षा र स्वास्थ्यमा सवै नागरिकको पहुच हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले वार्षिक रुपमा नगरपिता र नगरमाताको रुपमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताइन् । उनले यसपटक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताइन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ का निर्वतमान वडाध्यक्ष शंकर बास्तोला, वडा नम्बर २६ का वडा सदस्य तीर्थबहादुर राजभाट, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना, उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतम, महानगरपालिका महिला विकास शाखाका अधिकृत विष्णु पौडेल, सम्मानित व्यक्तित्व पोखरेलका नाति डा. रञ्जन पोखरेल लगायतले बोलेका थिए ।
कार्यक्रममा सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद १५ हजारमा ५ हजार १ सय ४ रुपैयाँ थप गरी पोखरा महानगरपालिका वडा नम्बर २६ सक्नेरीमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरेका छन् । महानगरपिताका रुपमा सम्मानित पोखरेलका चार छोरा, तीन छोरीबाट समेत गरी ५२ सन्तान छन् ।
तपाईको प्रतिक्रिया