आन्दित गृहद्वारा गुरुङ दम्पती सम्मानित

समाधान संवाददाता २०८० असोज १६ गते ८:१०

पोखरा ।
३० औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आन्दित गृह नेपालले शनिबार गोपाल गुरुङ दम्पतीलाई सम्मान गरेको छ । आन्दित गृह नेपाल र पोखरा वृद्धाश्रमले संयुतm रुपमा आयोजना गरेको कार्यक्रममा गोपाल गुरुङ र उनकी धर्मपत्नी लक्ष्मी गुरुङ सम्मानित भएका हुन् ।

Advertisement


वृद्धवृद्धाहरुकोे संस्थालाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुको साथै अन्यलाई पनि सहयोग गर्न उत्प्रेरित गरेकाले उनीहरुलाई संस्थाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर सम्मान गरेको हो ।


कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले समय, परिस्थिीति, बाध्यता र फेसनकै कारणले पछिल्लो समय देशका युवाहरु विदेशिने चलन बढ्दै गएको बताइन् । ‘वृद्ध आमाबुवाहरु एक्लिँदै छन् । उहाँहरुको रेखदेख गर्ने कोही हँुदैनन्,’ उनले भनिन्, ‘यस्तो अवस्थामा वृद्धाश्रम अहिलेको आवश्यकता भएको छ ।’


आन्दित गृह नेपालका अध्यक्ष डा यज्ञमान शाक्यले आन्दित गृह नेपाल आफ्नै भौतिक संरचनामा सञ्चालन भएकोले अहिलेसम्म सेवा दिन सकेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाका प्रमुख कुस्मराज आचार्य, पोखरा महानगरपालिका ज्येष्ठ नागरिक संघका प्रमुख भक्तराज श्रेष्ठ, ज्येष्ठ नागरिक साझा चौतारी रत्नचोकका अध्यक्ष भूपेन्द गिरी, पोखरा ज्येष्ठ नागरिक महासंघका सचिव कुसुमकेशव पराजुली, संस्थाका सदस्य खड्गसिंह रानाभाट लगायतले मन्तव्य राखेका थिए ।


कार्यक्रम सञ्चालन संस्थाकी सदस्य सुशीला खनाल र स्वागत मन्तव्य संस्थाका सदस्य रमेश ताम्राकारले गरेका थिए । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा भएको उक्त कार्यक्रमलगत्तै सम्पन्न भएको संस्थाको १० आंै साधारण सभाले संस्थाको विधानका केही बँुदा परिवर्तन गरेको संस्थाका सचिव रोमा राउत शाक्यले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया