कास्कीकोटमा सेभेन ए साइड हुने

पोखरा ।
पोखरा २४ कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप २०८० हुने भएको छ । कश्यप कालिका युवा क्लबको आयोजनामा आगामी कात्तिक १ र २ गते हुने प्रतियोगितामा पोखरा वडा नं. २४, १८ र २३ का मात्र खेलाडी सहभागी हुन पाउने छन् ।
संस्थाका अध्यक्ष तीर्थ अधिकारीले सेभेन ए साइड फुटबल र खुला दौड प्रतियोगिताबाहेक मुख्य आकर्षणको रुपमा प्रथम कश्यप कालिका भेन्ट्रान्स कप हुने जानकारी दिए । फुटबल तर्फका विजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक अंकित कार्कीले बताए । उपविजेताले ३३ हजार ३ सय ३३
रुपैयाँ पाउने छन् ।
दौडतर्फ प्रथम हुने खेलाडीले नगद ३ हजारका साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका सचिव धनबहादुर अधिकारीले जानकारी दिए । दौडतर्फ द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः मेडल र प्रमाण पत्रका साथमा २ हजार र १ हजार प्राप्त गर्ने छन् ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया