हुम्ला जीप दुर्घटनाः १० बेपत्ता, खाेजीकाे लागी काठमाडौंबाट गोताखोर लिएर सेनाको हेलिकप्टर जाँदै

समाधान संवाददाता, हुम्ला
मंगलबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका–५ स्थित कैलाबालुमा जीप नदीमा खसेको थियो । जीप चालकसहित १० जना बेपत्ता छन् ।
बेपत्ता हुनेमा गाउँपालिका उपाध्यक्ष सिन्धु शाही, खार्पुनाथ गाउँपालिका–५ की १८ वर्षीया वसन्ती शाही, खार्पुनाथ–४ की २७ वर्षीया डुकु भण्डारी, २४ वर्षका चन्द्र हमाल, सिमीकोट गाउँपालिका–८ का जीप चालक मणिजंग शाही, खार्पुनाथ–५ का १३ वर्षीया नन्दादेवी सिंह, १२ वर्षका गोकुल सुनार, खार्पुनाथ–१ की २४ वर्षीया कौडा परियार, उनका दुई वर्षका छोरा र काठमाडौंबाट आएका राजु श्रेष्ठ छन् ।
हुम्लाको खार्पुनाथमा भएको जीप दुर्घटनामा बेपत्ता खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको झोला र अन्य कपडा फेला परेको छ । नेपाली सेना र प्रहरीले कर्णाली नदीमा पसेर खोजतलास गर्ने क्रममा झोला र कपडा फेला परेको घटनास्थलमा खटिएका याङ्चु प्रहरी चौकीका ईन्चार्ज सन्तबहादुर पालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक ठाकुरकुमार राईका अनुसार श्रेष्ठको बारेमा एकिन भने हुन सकेको छैन ।
‘फोन आएको आधारमा हामीले उहाँको नाम थाहा पाएका हौं,’ उनले भने, ‘वेल्डिङ गर्ने मानिस हो भन्ने थाहा भयो, कहाँबाट आउनुभएको, कसले बोलाएको थाहा भएको छैन। हामी खोजबिन गर्दैछौं।’
सई राईका अनुसार स्थानीय सुरक्षाकर्मीले बेपत्ता जीपको खोजी गर्न नसकेपछि काठमाडौंबाट नेपाली हेलीकप्टरमार्फत् गोताखोरको टोली आउन लागेको छ । पानीको वहाव धेरै भएकाले काठमाडौंबाट तालिमप्राप्त गोताखोर ल्याउन लागिएको उनले जानकारी दिए ।









सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया