३ पालिकाका विद्यार्थीलाई नौलो घुम्तीकाे सहयोग

पोखरा ।
नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत कास्कीका ३ पालिकाका १ हजार १ सय १५ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ ।
गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वयमा पालिकाको वडा नं. ७ मा रहेका लान्द्रुक , हिमालय, चण्डी, तान्चोक माझगाउँ आवासीय विद्यालय र संगम माविका ६७ विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका ७ का अध्यक्ष भरतमान गुरुङले शैक्षिक सामग्री तथा न्यायो कपडा सहयोगले विद्यार्थी विद्यालय निरन्तर हुने र अभिभावकलाई आर्थिक भारमा सहुलियत भएको बताए ।
परियोजना अन्तर्गत मादी गाउँपालिकाका ८, ९, १० र ११, माछापुच्छ्रे गाउँपालिकाका ८, ७, अन्नपूर्ण गाउँपालिका ४, ६ र ७ मा रहेका ४१ सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार एकसय १५ विद्यार्थीलाई शैक्षिक सामग्री अन्तर्गत विद्यालय पोशाक, झोला, कापी, कलम, पेन्सिल तथा स्टेसनरी सामग्री सहयोग गरिएको हो । यस्तै, माध्यमिक शिक्षा उत्तीर्ण १ सय ६४ विद्यार्थीलाई छात्रवृत्ति रकम सहयोगसमेत गरिएको छ ।
समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोगका लागि कार्य क्षेत्र भित्रका ३९ स्वास्थ्य संस्थाको स्तरोन्नति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र बाल संरक्षणमा परियोजनाले सहयोग गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।
गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ बालबालिकाका अभिभावकलाई समेत प्राथमिकता दिँदै कार्यक्षेत्रका ६ सहकारीमार्फत आयआर्जनका सहयोगी गतिविधिसमेत सञ्चालन गर्दै आएको परियोजना अधिकृत महेश विश्वकर्माले बताए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया