एमाले गण्डकी अधिवेशनमा १२ बजेदेखि मतदान

समाधान संवाददाता २०८० असोज १८ गते १०:३०

पोखरा ।

Advertisement

एमाले गण्डकी प्रदेश कमिटी निर्वाचनमा आज बिहीबार १२ बजेदेखि पोखरा सभागृहमा मतदान हुँदैछ । मतदान साँझ ५ बजेसम्म हुने जनाइएको छ ।

अधिवेशनमा नवराज शर्मा र मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार छन् ।

मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् । 

तपाईको प्रतिक्रिया