एमाले गण्डकी अधिवेशन: मतदान सकियो, केहीबेरमा मतगणना हुने

समाधान संवाददाता २०८० असोज १८ गते २१:४७

पोखरा

Advertisement

नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको मतदान सकिएको छ । मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । मतदानमा ८ सय ८७ जना सहभागी भएको निर्वाचन कमिटीले जनाएको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् मिनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्ष, धनन्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गरेका छन् । सहसचिवमा दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मन्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा भएको छ ।

तपाईको प्रतिक्रिया