६ खेलाडी ग्रेडिङ पास

पोखरा ।
गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा सञ्चालित प्रदेशस्तरीय तेस्रो डान परीक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल भएका छन् । बिहीबार भएको कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष विष्णु गौतमले खेलाडीको सिप र ज्ञानलाई राष्ट्रले सम्मुचित रुपमा प्रयोग गर्न सकेमात्र खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने बताए ।
प्रदेशका महासचिव रमेश पौडेलले तेक्वान्दो खेल नेपालका लागि सबैभन्दा बढी पदक ल्याउन सक्ने खेल भएकाले खेलाडीहरुले खेलमा नै भविष्य देखेर खेलेमा मात्र सफलता पाउने बताए ।
तेक्वान्दो संघ कास्कीका अध्यक्ष कुमार गुरुङले तेस्रो डान उत्कृष्ट खेल भएकाले खेलाडीहरुले परिस्कृत र परिमार्जित गरी व्यावसायिक रुपमा अगाडि बढ्न आग्रह गरे ।
कास्कीका दिप्सिना गुरुङ र सुजन गुरुङ साथै नवलपुरका खेलाडीमा समीर बानिया, मनीष महतो, सुलभ तामाङ र सुचित पाण्डेले तेस्रो डानको उपाधि लिन सफल भएको परीक्षा सञ्चालक समेत रहेका प्रशिक्षक बलराम लामाले जानकारी दिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया