झरी सकिँदै

पोखरा ।
केही दिनयता परिरहेको झरीले विश्राम लिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो साता देशका सबैजसो भागमा लगातार पानी परिरहेको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन सुरु गरेको विभागले जनाएको छ ।
शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । देशका अन्य भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने विभागको आकलन छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय छ ।
प्रायः नेपालबाट अक्टुबर २ मा मनसुन बाहिरिने गरेको छ । यस वर्ष केही दिन ढिलो गरी अक्टुबर ६ बाट बाहिरिन सुरु गरेको छ । यो वर्ष मनसुनको आगमन पनि ढिलो भएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिलो असार ३१ मा नेपालमा प्रवेश गरेको थियो ।
यसपटक पछाडि सरेकाले दसैं हिले हुनबाट त जोगिएको छ तर किसानलाई भने झरीले सतायो । अहिले परेको पानीले पाकेको धानलाई असर गर्ने देखिएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया