प्राकृतिक स्रोत सुनका अण्डा हुन्ः मन्त्री थापा

लेखनाथ ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले प्राकृतिक स्रोत र साधन सुनको अण्डा भएको बताएका छन् । कास्कीको रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको शनिबार २२ औं वार्षिक साधारण सभाको उद्घाटनपछि उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री थापाले भएका प्राकृतिक स्रोत र साधनको उचित रुपमा संरक्षण गर्दै आयआर्जनमा जोडिन सक्ने हो भने मनग्य आम्दानी गर्न सकिने भनाइ पनि राखे । ‘ताल तलैया, वन जंगल र हिमालहरुलाई सुनको अण्डाका रुपमा लिन सकिन्छ,’ उनले भने ।
रुपा तालमा स्थानीयले प्राकृतिक सम्पदाको संरक्षण गर्दै माछाबाट दिगो उत्पादन गर्दै आएका छन् । ‘यो काम राज्यले गर्न सक्दैन तर यो संस्थाले माछा पालनका क्षेत्रमा देखाएको योगदानलाई मुक्तकण्ठले स्वागत गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले रुपातालको विकासका लागि सञ्चालनमा रहेको परियोजनालाई सफल पार्नुपर्ने खाँचो औंल्याए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपातालको एकीकृत विकासका लागि गाउँपालिका सहकार्य गरेर अगाडि बढ्न तयार रहको विचार राखे ।
सोही अवसरमा एकीकृत रुपाताल संरक्षण तथा विकास परियोजना कार्यालयका प्रमुख कालीबहादुर शाहीले परियोजना सम्पन्न भएपछि रुपकै मुहार फेरिने भएकाले यसलाई निर्धारित समयमा सम्पन्न गर्न सबैको साथ चाहिने सुनाए । बेगनासताल मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा. इकवाल हुसेनले रुपातालको वातावरणीय अनुकुलताका कारण पनि यो तालमा माछाका लागि उपयुक्त वातावरण रहेको धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका अधिकारी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सोमलाल कँडेल, सल्हाहकार संयोजक लेखनाथ ढकाल, सेयर सदस्य नरमाया गुरुङ लगायतले आआफ्नो धारणा राखेका थिए ।
सस्थाका सचिव वीरेन्द्र ढकालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुशीला थापाले गरेकी थिइन् । धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष पूर्णबहादुर गुरुङले गरेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया