‘कुरैकुराको खेती’ लोकार्पित
पोखरा ।
निबन्धकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कुरैकुराको खेती’ लोकार्पण गरिएको छ । विश्व नेपाली साहित्य महासंघ, गण्डकी प्रदेश समितिद्वारा आयोजित ‘भर्चुअल’ कार्यक्रममा लेखकले कृति सार्वजनिक गरेका हुन् ।
भुँडीपुराण प्रकाशनले पाठकमाझ ल्याएको कृतिमा १३ वटा निबन्ध संग्रिहित छन् । समीक्षक रामप्रसाद सुवेदीले लेखक सस्मितबाट नेपाली हास्यव्यङ्ग्य साहित्यले गहकिलो पुस्तक पाएको धारणा राखे । ‘हास्य गुणले ओतप्रोत छोटा र चोटिला निबन्ध यस पुस्तकमा छन्, पढ्दा कुनै पट्यार लाग्दैन’, उनी भन्छन्, ‘नेपाली समाजका विकृति र विसङ्गतिप्रति सजीव ढंगले कटाक्ष गरिएको छ । निबन्धमा प्रयुक्त भाषा र शैली पनि मौलिक छ ।’
आत्मपरक शैलीमा लेखिएको उक्त निबन्ध संग्रह उतारता, तार्किकता, सङ्क्षिप्तता जस्ता गुणले युक्त रहेको समीक्षक सुवेदीले बताए । ‘काव्यात्मक शैलीले निबन्धलाई पठनीय बनाएको छ, कतै वर्णनात्मक त कतै व्याख्यात्मक शैलीलाई पनि लेखकले पछ्याएको पाइन्छ’, उनले भने ।
प्राडा षडानन्द पौडेलले हास्यव्यङ्ग्य साहित्य लेखनका क्षेत्रमा धवलागिरि क्षेत्र पछाडि परिरहेका बेला म्याग्दीका लेखक सस्मितको स्तरीय निबन्ध कृति पाठकमाझ आएको जनाए । उनले पुस्तकले हास्यव्यङ्ग्यकामार्फत समाजका विविध विषय र पात्रका प्रवृत्तिलाई उछिनेको विचार राखे । कृतिमा ‘लाइन’, ‘बेर’, ‘झोला सम्मेलन’, ‘कुरैकुराको खेती’लगायत शीर्षकमा निबन्ध सङ्ग्रहित रहेको लेखक सस्मितले जानकारी दिए । समाजमा देखेभोगेका विषय र बेथितिलाई लेखनका माध्यमबाट उजागरको प्रयास गरेको उनले सुनाए ।
म्याग्दीको बेनी नगरपालिका ६ मा जन्मिएका सस्मितका यसअघि ‘डायरीमा टाउकेहरू’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित भइसकेको छ । लेखक सस्मितको उपन्यास कृति ‘धुमिल आकाश’सहित, कविता र गजल संग्रह पनि प्रकाशित छन् ।









मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया