दिगो पर्वतीय विकासबारे छलफल
पोखरा ।
दिगो पर्यटनका विषयमा गहन छलफलका लागि दोस्रो संस्करणको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा सम्मेलनमा नेपालसहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन र पोल्यान्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरू सहभागी भएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा सय जनाभन्दा बढीको सहभागी छ । असोज २१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा ७० भन्दा बढी प्राविधिक विषयमा छलफल र मुख्य प्रस्तुति रहनेछन् । काठमाडौँ विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा दोस्रो अन्तरराष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको पहिलो दिन भू–संरक्षण, भू–पार्क र भू–पर्यटन, पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता, पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी लगायतका प्राविधिक विषयमा छलफल भएको छ । दिगो पर्यटन, जवलायु परिवर्तन र यसको असर तथा प्रभाव लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने श्रेष्ठले बताए । विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय, पर्वतीय पर्यटन र समग्र वातावरणमा पारेको असरबार छलफल हुने उनले बताए ।
गत वर्ष मंसिर १५, १६ र १७ गते काठमाडौँको चन्द्रागिरीमा प्रथम अन्तरराष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आले मगरले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएको उल्लेख गरे । जलवायु परिर्वतनको जोखिम न्यूनीकरणका लागि विश्व समुदायको साझा चासो र चिन्ता आवश्यक भएकामा उनले जोड दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल गर्ने तथा विचार आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताए । गत वर्षको सम्मेलनमा पर्वतीय पर्यटन विकासका लागि हिमालको संरक्षण अपरिहार्य रहेको, संरक्षण गर्न नसके प्राकृतिक र मानव दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउने भन्दै सरोकारवालाहरूलाई गम्भीर बन्न सुझाव दिइएको थियो । पर्यटनका लागि हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्ष सम्मेलनको थियो ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया