वीर अस्पतालका करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन सांसद भट्टराईको माग
समाधान संवाददाता
२०८० असोज २१ गते १७:५८

पोखरा ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मी हटाउने निर्णयले वीर अस्पतालको सेवा खस्किने बताएकी छन्। प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएकी हुन् ।
उनले कोरोना महामारीको समयमा नियुक्त गरिएका ५० डाक्टर, १६२ नर्स, ११ प्रयोगशाला प्राविधिक तथा ७ रेडियोलोजिष्टलाई असोज २१ गतेबाट काममा नआउन स्वास्थ्यमन्त्रीले निर्देशन दिएको भन्दै यसले गर्दा सेवा खस्किने बताइन् ।
’३५० बेड रहेको वीर अस्पतालको बेड संख्या बढाएर ९ सय बनाइएको अवस्थामा सरकारको यो निर्णयले आम नागरिकहरु निजी अस्पताल जाने अवस्था सरकारले नै सृजना गरेको छ’ उनले भनिन्, ’स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गरी सेवा प्रदान गर्ने अवसर दिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
सम्बन्धित








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया