कास्की क्रिकेट क्लब र अरण्यज्योतिको जित

पोखरा ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलमा कास्की क्रिकेट क्लव र अरण्यज्योति क्रिकेट क्लब विजयी भएका छन् ।
पहिलो खेलमा कास्कीले राइजिङ क्रिकेट क्लवलाई ७ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको राइजिङले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङका अनिल गुरुङले १८ रन जोडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए ।
४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्टायो । कास्कीका विष्णु सर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे ।
अर्को खेलमा अरण्यज्योतिले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको पिसिसीले पूरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्फबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए । अरण्यज्योतिका बलरहरु इर्साद आलमले ३ तथा सन्तोष सर्माले २ विकेट लिए ।
अरण्यज्योतिले १७.३ ओभरमा ८ विकेट गुमाएर जित हाँसिल गर्यो । अरण्यज्योतिको ब्याटिङमा म्यान अफ द म्याच अषेश न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष सर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिकसहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया