रोटरीको इन्टरसिटी मिटिङ

पोखरा ।
रोटरी इन्टरनेसनल नेपाल ३२९२, नेपाल–भुटान अन्तर्गत रिजन ४ को इन्टरसिटी मिटिङ भएको छ । पोखरामा शनिबार भएको मिटिङ खासगरी रोटरीको दिगो योजना निर्माण र स्रोत पहिचान विषयमा केन्द्रित थियो ।
वर्ष २०२३÷२४ का लागि रोटरीका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताले रोटरीका योजना छनोट कसरी गर्ने र स्रोत पहिचान कसरी गर्ने भन्नेबारे राय प्रस्तुत गरेका थिए । डिष्ट्रिक्ट गभर्नर ध्वजुले रोटरी सामाजिक काम गर्ने ठूलो संस्था भएको बताउँदै समाजले लाभ लिने विभिन्न प्रोजेक्ट गर्दै जानुपर्ने सुझाव दिए ।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले कार्यक्रमको सहजीकरण गर्दै रोटरीमा सेवाको अवसर र स्रोत कसरी परिचालन गर्ने भन्ने विषयमा बोलेका थिए । एनएमबी बैंकका पूर्व सिइसोसमेत रहेका रोटरियन उपेन्द्र पौड्यालले सामाजिक उत्तरदायित्वको सम्भावना र चुनौतीबारे आफ्नो प्रस्तुति राखेका थिए ।
यस्तै, ब्रिटिस नागरिक वरिष्ठ समाजसेवी डगलस म्याक्लगनले सामाजिक कार्यका लागि वित्तीय स्रोत कसरी पहिचान गर्नेबारेमा बोलेका थिए । कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर जितेन्द्रबाबु राजभण्डारी, पूर्व गभर्नर सन्तोष रिजाल, पूर्व गभर्नर सञ्जय गिरी लगायतले पनि बोलेका थिए ।
इन्टरसिटी मिटिङका सभापति इविन्द्र तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्टका सहसचिव सन्तोष पोखरेल, डिष्ट्रिक्ट मेम्बरसिप चेयर सुवाश सिग्देल र रिजनल ट्रेनिङ चेयर लक्ष्मी थापा गिरीले पनि बोलको थिए । रोटरी इन्टरनेसनल नेपाल ३२९२, नेपाल–भुटान अन्तर्गत रिजन–४ मा कुल १७ रोटरी क्लब छन् । तीमध्ये १५ रोटरी क्लबले भाग लिएको रोटरी लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया