हिमालय आँखा अस्पताललाई जापानी सहयोग

पोखरा ।
पोखरा १७ घारीपाटनमा रहेको हिमालय आँखा अस्पताललाई जापान सरकारले विभिन्न उपकरण हस्तान्तरण गरेको छ । बुधबार आयोजित समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले औपचारिक रुपमा सामग्री हस्तान्तरण गरे ।
राजदूत किकुताले गण्डकी प्रदेशको वर्षमै डेढ लाखभन्दा बढी आँखाका रोगीलाई सेवा दिने, ७ हजारभन्दा बढी शल्यक्रिया हुने अस्पताललाई सघाउन पाएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘हामीले प्रदान गरेका मेसिनहरु यहाँ आइपुग्नेबित्तिकै शल्यक्रिया र शिविरहरुमा प्रयोग भए भन्ने जानकारी पाउँदा म निकै हर्षित छु ।’
नेपाल नेत्रज्योति संघ कास्की अध्यक्ष सुरेन्द्र थापामगरले नयाँ उपकरण आएपछि अस्पतालले चलाउने शिविरहरुमा काम गर्न सहज हुने बताए । उनले भने, ‘हामीले गण्डकी र कर्णालीका विभिन्न दुर्गम क्षेत्रमा आँखा शिविरहरु गर्दै आएका छौं । पोर्टेबल रुपमा लैजान मिल्ने यी उपकरणले एकातिर हामीलाई सेवा दिन सहज हुन्छ भने अर्कातिर दुर्गमका सेवाग्राहीले सहजै गुणस्तरीय सेवा पाउनुहुन्छ ।’
जापान सरकारले एबी स्क्यान, अटो रिफ्याक्टोमिटर, भ्याकुम अटोक्लोभ, लुमियर फ्लो मेसिन र एन्टेरियर भेरिक्टोमी मेसिन प्रदान गरेको हो । यी मेसनको लागत ७६ लाख १७ हजार छ । राजदूत किकुताले जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पताललाई पनि स्वास्थ्य उपकरण हस्तान्तरण गरेका छन् ।
सन् १९९३ मा स्थापना भएको हिमालय आँखा अस्पतालले तीन दशकदेखि आँखा उपचार सेवा दिँदै आएको छ । उपचारबाट निको बनाउन सकिने अन्धोपन हटाउने उद्देश्यले यसको स्थापना भएको हो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया