जनप्रयि सहकारीको स्थापना दिवसमा रक्तदान

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को वुढिवजारमा रहेको जनप्रिय सहकारी संस्थाको ४८ औं स्थापना दिवसका अवसरमा राखिएको खुला रत्तदानमा ४१ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष केही न केही उदाहरणीय काम गर्दै आएको संस्थाले यो वर्ष स्वास्थय सम्वन्धी जनचेतनासहितको रक्तदानमा ४१ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ९३ वर्षीय रामबहादुर थापाले रोग लाग्नुपूर्व आफनो स्वाथ्यका बारेमा सचेत हुनका लागि नियमित व्यायाम र आहारविहारमा ध्यान दिने हो भने निरोगी बन्न सकिने धारणा राखे ।
पहिलो रक्तदाता सेयर सदस्य रामचन्द्र सेढाईंलाई ब्लडब्याग हस्तान्त्रण गरी सुरु भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी र सस्थाका पूर्वअध्यक्ष मुरारी बराल लगायतले स्वच्छ व्यक्तिले तीन/तीन महिनाको अन्तरमा रक्तदान गर्न सक्ने सहित रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष रवीन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक बुद्धराज वस्याल र धन्यवाद ज्ञापन उपाध्यक्ष खेमप्रसाद भण्डारीले गरेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया