पोखरा ५ मा फुटबल र दौड हुने

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा फुटबल र दौड प्रतियोगिता हुने भएका छन् । अन्तर टोल स्तरीय प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता असोज २६ देखि २८ गतेसम्म मालेपाटन खेल मैदानमा हुन लागेको हो ।
फुटबलतर्फ वडाका २४ वटै टोल विकास संस्थाले सहभागिता जनाउने अपेक्षा गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । फुटबलमा विजेता टिमलाई २६ हजार ६ सय ६६ र उपविजेता टिमलाई १३ हजार ३ सय ३३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
दौड प्रतियोगिताका ३ इभेन्ट खुला दौड पुरुष, खुला दौड महिला र ६० वर्ष माथिको उमेर समूहको दौड हुने छन् । असोज २७ गते शनिबार बिहान पौने ७ बजे सुरु हुने दौड प्रतियोगिताका सहभागीले वडा नं. ५ का विभिन्न मार्गहरु भएर ७ दशमलव २ किलोमिटर दूरी पूरा गर्नुपर्ने छ ।
दौड प्रतियोगितामा ५ सय जनाको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । सबै विधाको दौड प्रतियोगिताका विजेताले समान ६ हजार ६ सय ६६ रुपैयाँ, द्वितीय हुनेले ४ हजार र तृतीय हुनेले २ हजार ६ सय ६६ नगदका साथमा मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
फुटबल र दौड दुवैतर्फ नाम र टिम दर्ता गर्न शुल्क लाग्दैन । प्रतियोगितामा भाग लिन पोखरा ५ मा स्थायी वा अस्थायी बसोबास गरेको भने हुनुपर्ने छ । इच्छुक वडावासी खेलाडीलाई असोज २४ गतेसम्म टिम दर्ता गर्न वडाले आग्रह गरेको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको वडा सदस्य हरिमाया विकले बताइन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया