अदालतबाट निस्केलगत्तै विप्लव कार्यकर्ता पक्राउ

पोखराको मुस्ताङ चोकबाट बुधबार दिउँसो पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित कार्यकर्ता । उच्च अदालत पोखराबाट निस्के लगत्तै उनीहरुलाई राज्य विरुद्धको अपराधमा जिल्ला अदालत तनहुँको पक्राउ पुर्जी देखाएर पक्राउ गरिएको हो ।
समाधान संवाददाता, पोखरा
उच्च अदालत पोखराको आदेशपछि रिहा भएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित ९ मध्ये ४ जनालाई प्रहरीले बुधबार मुस्ताङचोकबाट पक्राउ गरेको छ । मंगलबार आदेश आए पनि पुन पक्राउ परिने डरले भित्रै बसेका ९ मध्ये ४ जनालाई अदालतबाट निस्के लगत्तै जिल्ला अदालत तनहुँको पक्राउ पुर्जी देखाएर पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, सन्तोष विक, काजी गुरुङ र मीलन राई छन् ।
उच्च अदालत बार एसोसिएसन पोखरा अध्यक्ष रोहितराज बास्तोलाको गाडीमा बसेर निस्केका उनीहरुलाई दिउँसो मुस्ताङचोकबाट पुन नियन्त्रणमा लिइएको हो । बाँकी ५ जना मानवअधिकार कर्मीको साथ लागेर पृथ्वीनारायण क्याम्पसको होस्टेल पुगेका छन् । अदालत बाहिर प्रहरी तैनाथ भइहरेकाले पुन पक्राउ पर्ने डरले गगन परियार, आस्था नेपाली, प्रकाश बास्तोला, सुजन सापकोटा र राजन साउद कानुन व्यवसायी र मानवअधिकारकर्मीको साथ लागेर क्याम्पस पुगेका हुन् ।
उनीहरुलाई मंगलबार मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश डालकुमार खड्काको इजलाशले रिहा गर्न आदेश दिएको थियो । आदेश लगत्तै अदालतका रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले उच्च बार अध्यक्ष रोहितराज बास्तोला, मानवअधिकार आयोगका अधिकृतद्वय ज्योतिप्रसाद घिमिरे र टंकप्रसाद खनालको रोहबरमा ९ जना रिहा भएको कागज गरिदिएका थिए । तर अदालतको ढोकैमा प्रहरीको गाडी देखेपछि उनीहरु राति अदालतकै बरण्डामा रात बिताएका हुन् ।
यी ९ जनालाई अदालतले जेठ ३० गते पनि बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको थियो । आदेश भएकै राति उनीहरुलाई प्रहरीले अदालत परिसरमा छिरेर बार एसोसिएसनको ढोका फोरेर गिरफ्तार गरेको थियो ।
बैठकको क्रममा जेठ २५ गते प्रहरीले कास्कीको घान्द्रुकबाट १८ जनालाई पक्राउ गरेको थियो । तीमध्ये ८ जना यसअघि नै छुटिसकेका छन् भने १ जनालाई पुन पक्राउ गरी पर्वत पठाइएको छ ।
थप २ पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीमा संलग्न रहेको आरोपमा बुधबार कास्की प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्जीव कार्की र राजकुमार घिमिरे छन् । घिमिरे रेका इमान्दार मिडिया डट कमका पोखरा समाचारदाता हुन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया